अर्थ

आम्दानीको स्रोत बन्दै बेमौसमी तरकारी खेती

पुस १५, २०७५

    उदयपुर : ग्रामिण क्षेत्रका किसानलाई बेमौसमी तरकारी खेती आम्दानीको स्रोत बन्दै गएको छ। विभिन्न सरकारी तथा गैर सरकारी निकायको सहयोगमा किसानले गर्न थालेको तरकारी खेती आम्दानीको स्रोत बन्न थालेको हो।

    सामान्य घर खर्च चलाउने मात्र नभएर व्यवसायी रुपमै तरकारी खेती गर्दा वार्षिका रुपमा दुई /तीन लाख रुपैयाँसम्म लिने गरेको किसानहरू बताउँछन्। कटारी नगरपालिकाका ११ राजन राउनले गाँउमै प्रत्येक घर बेमौसमी तरकारी खेती गरेर वार्षिक रुपमा ४० हजारदेखि एक/दुई लाख नै लिने गरेको बताए। ‘जसले धेरै तरकारी उत्पादन गर्छ। त्यसले धेरै पैसा लिने गरेको छ,’ उनले भने, ‘कटारी, घुर्मी, काठमाडाैं लगायतका बजारसँग सिधा यातयात जोडिएकाले व्यपारीहरू घरमै आउने गरेका छन्।’

    किसानको जीवनस्तर उकास्न सहयोगी बनेको खेतीलाई किसानले प्रमुख खेती रुपमा विस्तार गर्दै लगेका छन्। कटारी नगरपालिका ११ का वडा अध्यक्ष दीपक बुढाथोकीले तरकारी खेतीलाई आधुनिकरणसँगै व्यवसायीकरण गर्न कटारी नगरपालिकानै लागि परेको बताए। ‘हामीले वडा कार्यालय र नगरपालिकाको कार्यालयबाटै किसानलाई विभिन्न साथ सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘कटारी नगरपालिकामा मध्यवर्गीय किसानको आम्दानीको स्रोत तरकारी खेतीलाई बनाउन सकिन्छ।’

    उदयपुरको पश्चिम कटारी नगरपालिकाका, ताप्ली, गाँउपालिकाका ८ घण्टाको सडक यात्रामा काठमाडाैं पुग्न सकिन्छ। विशेष गरेर गाउँमा उत्पादन गरेको तरकारी खेती सिधैँ काठमाडाैं लगायतका बजारमा ढुवानी हुन थालेपछि गाउँका किसान तरकारकारी खेतीमा लागेको कटारी नगरपालिकका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ बताउँछन्। ‘रोजगारीको लागि पनि तरकारी खेती राम्रो देखिन्छ,’ उनले भने, ‘नगरपालिकाका पनि विशेष सहयोग गर्दै आइरहेको छ।’

    जिल्लाकै आठै स्थानीय तहले बेमौसमी तरकारीलाई खेतीका विभिन्न प्रकारकार सहयोग समेत गरेकोले किसानहरूआकर्षित बनेका छन्। जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख सरोजराजकान्त अधिकारीले उदयपुरमा बेमौसी तरकारी खेती गर्ने किसानको संख्या बढ्दै गएको बताए। उनकाअनुसार उदयपुरमा स्कुस, संजिवनी, काउली, ओल, बन्दा, गोँलभेडाँ, रायो, सलगम, केराउ कोसा, टाटे सिमी, तानेबोडी, भिण्डी, प्याज, फर्सी करेला, घिरौला, लौका, तरबुजा लगायतका तरकारी हिउँदे वर्षे गरी खेती हुन थालेका छन्। ‘झण्डै एक हजार ५०० हेक्टरमा उत्पादन हुन थालेका छ,’ उनले भने, ‘स्थानीय तका स्थानीय सरकार पनि तरकारी खेतीमा सहयोगी बनेपछि बढ्दै गएको छ।’

    राष्ट्रिय कृषक समुह महासंघ उदयपुरका अध्यक्ष कुशल राउतले जिल्लाक आठै स्थानीय तहभन्दा बेलाका नगरपालिकाले कृषि जन्य उत्पादन गर्न धेरै लगानी गरेको बताए। ‘जिल्लाको आठै स्थानीय तहमा कृषि जन्य वस्तुको प्रचुर सम्भावना छ,’ उनले भने, ‘बेलाका नगरपालिकाले जसरी उत्पादन वर्ष नै मनाउने गरी अन्य स्थानीय तहले नगर्दा किसानले पाउने धेरै सेवा सुविधामा कमी देखिन्छ।’

    उदयपुरमा उत्पादन हुने तरकारी लगायतका कृषि जन्य वस्तुको बजारमा पश्चिम उदयपुरको कटारी, घुर्मी हुँदै काठमाडाैं  र सोलुखम्बुसम्म पुग्ने गरेको छ भने पूर्वी क्षेत्रमा उत्पादन भएको तरकारीले लाहान, विराटनगर, गाइघाट, धरान, इटहरी पाउने गरेको किसानको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]