स्वास्थ्य

संखुवासभामा लागू भएन स्वास्थ्य बिमा कार्यक्रम

पुस १५, २०७५

    संखुवासभा : स्वास्थ्य बिमा कार्यक्रम लागू हुने भनिए पनि अझै लागू हुन सकेको छैन। भदौदेखि लागू हुने भनिएको स्वास्थ्य बिमा कार्यक्रम चार महिना बितिसक्दा पनि लागू हुन सकेको छैन।

    स्वास्थ्य बिमा कार्यक्रम लागू हुने भएपछि उत्साहित बनेका नागरिक अहिले  निराश बनेका छन्। बिमा कार्यक्रमको अन्तरक्रिया कार्यक्रम गरेको बाहेक अरु केही जानकारी नभएको सरोकारवालाको भनाइ छ। जिल्ला अस्पताल खाँदबारीका प्रमुख डा. लक्ष्मण खड्काले बिमा बोर्डले यस विषयमा कुनै जानकारी नगराएको उनले बताए। अघिल्लो वर्ष अन्तरक्रिया कार्यक्रम गर्दै गत भदौदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू हुने बताइएको थियो। प्रमुख डा. खड्काले भने, ‘बिमा कार्यक्रमको बारेमा पछिल्लो के भइरहेको छ भनेर हामीलाई पनि जानकारी नभएको बताए।  

    सरोकारवाला निकायले चासो दिएको कारण अहिलेसम्म स्वास्थ्य बिमा कार्यक्रम लागू हुन नसकेको स्थानीय नागरिकको आरोप छ। कम शुल्कमा ठूलो रोगको समेत उपचार हुने आशा राखेका नागरिक अझै स्वास्थ्य बिमाकार्यक्रम लागू नहुँदा सो कार्यक्रमबाट वन्चित हुनु परेको सेवाग्राहीको गुनासो छ।अस्पताल ब्यवस्थापन समितिका अध्यक्षको जिम्मेवारी सम्हालेका जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले पनि बिमा कार्यक्रमको बारेमा आफू पनि जानकार नभएको स्वीकार गरे। तर आफूले अध्यक्षको जिम्मेवारी सम्हाले थालेदेखि बिमा कार्यक्रमको बारेमा भने चासो राख्दै आएको बताए।

    बिमा कार्यक्रमको बारेमा पछिल्लो अवस्था के हुँदैछ भनेर अस्पताल प्रमुखलाई सम्पूर्ण जानकारी लिन लगाइ सकिएकाले चाँडै वास्तविक कुराको जानकारी आउने अध्यक्ष शाक्यको भनाइ छ। उता स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्राविधिक तयारी नपुगेकाले तोकिएको समयमा कार्यक्रम लागू गर्न नसकिएको बताए। बिमा कार्यक्रम लागू हुने स्थानमा पूर्वाधार, कर्मचारी ब्यवस्थापन र नीतिगत समस्याको कारण केही समय लागेको बताए।

    प्रदेश १ का संखुवासभा लगायत ११ जिल्लामा बिमाको कार्यक्रम चाँडै सुरु गरिने दाबी गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]