राजनीति

हचुवाको भरमा प्रदेशको नाम र राजधानी नतोकिने

पुस १५, २०७५

    सुनसरी : प्रदेश २ एकका मुख्यमन्त्री शेरधन राईले हचुवाको भरमा प्रदेशको नाम र राजधानी नतोकिने बताएका छन्। धरानमा रहेको नेपाल पत्रकार महासंघ सुनसरी शाखाको भवनको उद्घाटन गर्दै मुख्यमन्त्री राइले यस्तो बताएका हुन्।

    अब केही दिनमै हिउँदे अधिवेशन बस्ने तयारी भइरहेको जानकारी दिदै मुख्यमन्त्री राईले सो अधिवेशनले प्रदेशको नाम र राजधानी तोकिने बताए। प्रदेशको स्थायी राजधानी र नाम तोक्ने कुरा संवेदनशील भएकाले आपसी सहमति मै टुंगो लगाउनु पर्ने भएकाले ढिलाइ भएको उनको भनाइ थियो। सबै जात जाति भाषा भाषीलाई समेट्नुपर्ने भएकाले पनि प्रदेश सरकारले आन्तरिक रुपमा तयारी थालिसकेको उनले जानकारी दिए।

    पत्रकारले प्रदेश सरकारलाई प्रतिपक्षको रुपमा झकझकाइ रहनुपर्ने उनको भनाइ थियो। अबदेखि पत्रकारले आफ्नो अधिकारको निम्ति लडाइँ गर्नुपर्ने दिन सकिएको बताउँदै राईले संविधानको प्रस्तावनामै लेखिएको प्रेस स्वतन्त्रतालाई अंगिकार गर्दै प्रादेशिक कानुन बन्ने बताए। उनले भने, ‘कहिले काहिँ भूलवस मस्यौदा तयार पार्दा प्रेस स्वतन्त्रता विरोधका वाक्य आएमा महासंघले ध्यानाकर्षण गराउनु पर्दछ।’  सरकार र पत्रकारबीच समन्वय र सहकार्य गर्न सके प्रेस स्वतन्त्रताको कार्यान्वयन देखिन्ने बताउँदै कार्यक्रमका प्रमुख अथिति राईले मिडियालाई अंकुुश लाग्ने गरी सरकारले कानुन नबनाउने प्रतिबद्धता जनाए।

    मुख्यमन्त्री राईले महासंघको भवन निर्माण पुरा गर्न प्रदेश सरकारबाट सहयोग हुने आश्वासन समेत दिए। प्रदेश महासंघसँग सहकार्य गरेर सबै जिल्लाको पत्रकार महासंघलाई पूर्वाधार सम्पन्न बनाउन सहकार्य हुने पनि उनले बताए। पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइटेल, प्रदेश सांसद उमिता बराइली, पूर्वमेयर मनोज मेन्याङ्बो, अग्रज पत्रकार हर्ष सुब्बा, बराह ज्वलेरीका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटे, धरान १३ का अध्यक्ष नेत्र काफ्ले लगायतले सुभकामना दिए।

    पत्रकार महासंघ सुनसरीले कार्यालय भवन हस्तान्तरण तथा भवन थप निर्माणमा सहयोग पुर्‍याउने संस्था, व्यक्तित्वहरूलाई सम्मान समेत गरियो। सम्मानित हुने संस्थाहरूमा अमर सेवा समाज, धरान उपमहानगरपालिका, महासंघका पूर्वअध्यक्ष केशव घिमिरे, कृष्णविनोद लम्साल, कृष्ण अधिकारी, पूर्वकेन्द्रीय सदस्य निलिफा सुब्बा, बराह ज्वेलरी प्रालि, धरान फुटबल क्लब, बराहका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटे लगायत रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]