काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
प्युठान : जिल्ला प्रहरी कार्यालय प्युठानले हत्याका एक अभियुक्तलाई पक्राउ गरेको छ।
गौमुखी गाउँपालिका ६ बस्ने दुबलाल घर्तीमगरका १८ वर्षीय गणेश घर्तीमगरको खेतको गहुँमा पानी सिँचाइ गर्ने क्रममा झै-झगडा हुँदा कोदालो प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय वीरबहादुर खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
घर्तीमगरको हत्या गरी फरार रहेका खत्रीलाई विषेश सूचनाको आधारमा काठमाडौंस्थित नयाँ बसपार्कको मित्रनगरमा रहेको होटल ग्यालेक्सीबाट प्रहरी टोलीले शनिबार पक्राउ गरी आइतबार जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए। खत्री पौष ११ गते घर्तीमगरको हत्या गरी फरार भएका थिए। उनी हत्यालगत्तै काठमाडौं गएको प्रहरीको अनुसन्धानबाट खुलेको हो।
घर्तीमगर ११ गते बिहान ९ बजे आफ्नो गैरीखेत भन्ने स्थानमा रहेको गहुँमा पानी लगाउन गएको र घर फर्की नआएकोले खोजतलास गर्दै जाँदा १२ गते राति साढे ९ बजे भोंचेङ खोलामो मृतक फेला परेका थिए। गहुँमा पानी सिँचाइ गर्ने क्रममा दुवै बीच झै-झगडा हुँदा खत्रीको कोदालो प्रहारबाट घर्तीमगरको मृत्यु भएको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख बुढाथोकीको भनाई छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।