काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएलमा) रोयल च्यालेन्जर्स बेंगलोर (आरसिबी) ले पहिलो जित निकालेको छ। घरेलु मैदानम...
इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेससलाई पराजित गर्दे चेल्सीले १३ औँ जित निकालेको छ। आइतबार लन्डन डर्बीमा चेल्सीले क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा १–० को कठिन जित निकाल्यो।
चेल्सीको जितमा एकमात्र गोल मिडफिल्डर एन’गोलो कान्टेले गरे। उनले खेलको दोस्रो हाफको शुरुमै गोल गरेका हुन्। उनले खेलको ५१ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो। त्यसअघि पहिलो हाफमा चेल्सीले राम्रा मौका गुमायो। उसका दुई प्रहार पोस्टको बारमा लागेर फर्किए। चेल्सीका लागि रस बार्क्लीले प्रहार गरेको एक्रोब्याटिक प्रहार पोस्टमा लागेर फर्किएको थियो।
यो जितसँगै चेल्सीले अंक तालिकाको चौथो स्थानमा पुगेको छ। उसले पाँचौ स्थानको आर्सनलभन्दा पाँच अंक बढी ल्याएको छ। चेल्सीको २० खेलमा ४३ अंक छ भने आर्सनल २० खेलमा ३८ अंक जोड्दै पाँचौ स्थानमा छ।
शीर्ष स्थानको लिभरपुलले २० खेलमा ५४ अंक रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।