काठमाडौं : फिफा विश्वकप–२०२६ छनोट अन्तरगत दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै छ। बहर...
इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार भएको खेलमा म्यानचेस्टर सिटीले साउथहेम्टनलाई ३–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ। प्रिमियर लिगमा पछिल्लो समय उत्कृष्ट प्रदर्शनका बाबजुत पराजित भएपछि उपाधि होडमा पछि पर्दै गएको सिटीका लागि आइतबारको जित महत्वपूर्ण भएको हो।
साउथहेम्टनको घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफको १० औं मिनेटमा नै अग्रता बनाएको थियो। अघिल्ला दुई खेलमा पनि सुरुवाती अग्रताका बाबजुत पराजित सिटी आइतबार पनि सोही हालत हुने होइन भन्ने खतरामा रहेको थियो। सिटीलाई अघिल्ला दुई खेल सम्झाउन साउथहेम्टनका होजबेर्जले ३७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए।
तर सिटी पहिलो हाफको अन्तिम र अतिरिक्त समयमा भाग्यमानी बन्दा सहज नतिजा आफ्नो पक्षमा पार्याे। ४५ औं मिनेटमा वार्ड प्राउजको आत्माघाती गोलमार्फत अग्रता बनाएको सिटीले तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमानै सम्भव बनायो। उसका लागि सर्जिओ अगुइरोले तेस्रो गोल गर्दा सिटी पहिलो हाफमा नै ३–१ को अग्रता बनाउन सफल भयो।
दोस्रो हाफमा पनि सिटीले गोलका थप राम्रा मौका बनाए पनि गोल गर्न नसक्दा फराकिलो अग्रता आत्मासाथ गर्न असफल भएको थियो। सिटीको जारी लिगमा यो १५ औं जित हो। यो सिजन लिभरपुल अपराजित रहँदै ५४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने सिटी ७ अंकले पछि रहँदै ४७ अंकसहित दोस्रो स्थानमा रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।