काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं : नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ। हाल हाइटीमा खटिएको फर्म्ड पुलिस युनिट (एफपियु) को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ।
प्रहरीको बन्दोबस्तीका सामान फिर्ताका लागि तयारी समेत थालिसकेको छ। साथै, हाइटी मिसनका लागि अघि बढाइएको नाम छनोट प्रक्रियासमेत रोकिएको छ। हाल हाइटीको एफपियु मिसनमा १४० प्रहरी खटिएको समाचार नयाँ पत्रिका दैनिकमा छ।
हाइटीमा द्वन्द्व सामाधानउन्मुख भएकाले राष्ट्रसंघले शान्ति सेनालाई कटौती गर्दै लगेको हो । सोही अनुसार यसअघि नै ‘अजपोल मिसन’अन्तर्गत कोटा कटौती भइसकेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।