छापा

सरल कर्जाका लागि ४४७० युवाले  दिए १० लाख सम्म लिन आवेदन

पुस १६, २०७५

    काठमाडौं :  सरकारले विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले आह्वान गरेको सरल कर्जाप्रति युवाको आकर्षण  बढेको छ।

    वैदेशिक रोजगारबाट फर्किएका युवाले स्वदेशमा रोजागर बन्न दश लाख रुयैयासम्म सरल कर्जा लिनसक्ने गरी पर्वद्धन बोर्डले गत मंसिर ६ गते आह्वान गरेको आवेदनप्रति युवाको आर्कषण बढेको हो।

    विदेशमा आर्जन गरेको सीप, ज्ञान र दक्षता प्रयोग गरेर स्वदेशमै स्वरोजगार बन्न चाहने युवाका लागि सरकारले दस लाख रुपैया सम्म सरलकर्जाका लागि सूचिकरणका लागि आह्वान गरेको हो।

    त्यस अनुसार पुस ज्ञछ गतेसम्म चार हजार ४७० युवाले उक्त कर्जाका लागि आवेदन दिएको बोर्ड सचिवालयले जनाएको छ। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सरकारले वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको ज्ञान, सीप र दक्षतालाई स्वदेश फर्की पेसा व्यवसाय तथा उद्यम गर्न इच्छुक युवालाई आर्थिक वर्ष २०७५/७६ मा दस लाख रुपैयासम्म सरल कर्जा प्रदान गर्ने गरी आवेदन मागेको जानकारी दिएकाे खबर गाेरखापत्र दैनिकमा छ। 

    उनका अनुसार सरल कर्जा पाप्त गर्न श्रम स्वीकृति लिई वा नलिई कुनै पनि देशमा कम्तीमा छ महिनासम्म सम्बन्धित तालिम  पेसा र व्यवसायको क्षेत्रमा काम गरी स्वदेश फर्किएको तीन वर्ष ननाघेको हुनुपर्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]