छापा

सशस्त्रका २६ गाडी पूर्वराजादेखि पूर्वप्रधानमन्त्रीसम्मलाई

प्रतीकात्मक तस्विर
पुस १६, २०७५

    काठमाडौं : सशस्त्र प्रहरी बल नेपालका २६ वटा गाडी बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री र पूर्वगृहमन्त्रीले प्रयोग गरेको पाइएको छ।

    सशस्त्रले सार्वजनिक सुरक्षा गस्तीका लागि आफ्ना ७७ वटा युनिटमा सुरक्षित सवारी साधनअभाव भएको बताइहेका बेला ती सवारी साधनहरू बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री, पूर्वगृहमन्त्री, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका नाममा प्रयोग भएको पाइएको समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ।

    सशस्त्रका प्रवक्ता एव‌ं सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरज श्रेष्ठले सशस्त्रका ७७ वटा युनिटमा सुरक्षित गस्तीका लागि गाडी नभएको जानकारी दिए।

    गृह मन्त्रालय स्रोतका अनुसार तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीको पछुवालाई टाटा जेनन पिकअप, बा२झ ३८०३, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछुवालाई टोयटा हाइलक्स, बा१झ ९१४२, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पछुवालाई महिन्द्र स्कारर्पियो पिकअप, ना१झ १५०३, नम्बरको गाडी दिइएको छ।

    यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालको पछुवाले माज्दा पिकअप, बा१झ८२५५, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पछुवाले माज्दा पिकअप, बा१झ ८२५९, पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको पछुवाले टेल्को लाइन डबल क्याप, बा१झ९५२७ र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको पछुवाले महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १५१३ नम्बरको गाडी लगेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]