अर्थ

टिमुर खेतीबाट करोडौं रुपैयाँ आम्दानी

पुस १६, २०७५

    सल्यान : राम्रो आम्दानी हुन थालेपछि सल्यानका किसानहरु व्यवसायिक टिमुर खेतीतर्फ आकर्षित हुँदै गएका छन्। टिमुरको पकेट जिल्लाको रुपमा रहेको सल्यानका किसानहरुले व्यक्तिगत र सामुहिक रुपमा टिमुर खेती गर्दै आएका छन्।

    डिभिजन वन कार्यालय सल्यानका नायब सुब्बा टोपेन्द्रबहादुर थापाका अनुसार यस सिजनमा अहिलेसम्म एक लाख ९८ हजार ९५० किलो टिमुर निकासी भइसकेको छ। उत्पादन भएकामध्ये अझै २० देखि २५ प्रतिशतसम्म निकासी हुन बाँकी रहेको नायब सुब्बा थापाले बताए। सल्यानमा वर्ष ३९ करोडको टिमुर निकासी भएको थियो। 

    एक पटक रोपेको टिमुरले धेरै वर्षसम्म फल दिने भएकाले डाँडापाखा, खोल्साहरुमा खेती गरेर आम्दानीको स्रोत बढाउन सकिने भएकाले किसानहरुको आर्कषण बढिरहेको जडिबुटी व्यवसायी संघ जिल्ला शाखा सल्यानका महासचिव हरि न्यौपानेले बताए। गत वर्षदेखि टिमुरले राम्रो मूल्य पाइरहेको न्यौपानेले बताए।

    गत वर्ष एक लाख प्रतिक्विन्टलसम्म बिक्री भए पनि यो वर्ष ७० देखि ७५ हजार रुपैयाँसम्म बिक्री हुँदै आएको छ। टिमुर मसला, दन्तमञ्जन र औषधिको रुपमा प्रयोग हुने गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]