अर्थ

तीन अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

पुस १६, २०७५

    काठमाडौं : नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँको अल्पकालीन सरकारी ऋण पत्र (ट्रेजरी बिल) बिक्री खुल्ला गरेको छ। राष्ट्र बैंकले ९१ दिनको लागि एक अर्ब रुपैयाँ बराबर र ३६४ दिनका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोमबार जारी गर्दैछ।

    राष्ट्र बैंकले सरकारलाई आवश्‍यक पर्ने ऋण उठाउन ट्रेजरी बिल जारी गर्छ। अल्पकालीन आन्तरिक ऋण उठाउन प्रयोग गरिने यस्तो खालको ट्रेजरी बिल २८, ९१, १८२ र ३६४ दिने गरी चार किसिमका हुन्छ। सोमबार खुला गरिने ट्रेजरी बिलको जारी मिति मंगलबारलाई राखिएको छ।

    सरकारले चालू आर्थिक वर्षमा एक खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]