खेलकुद

ए डिभिजन लिगमा आज तीन खेल, मनाङ र शेर्पाको खेल सर्‍याे

पुस १६, २०७५

    काठमाडौं :  शहीद स्मारक ए डिभिजन लिग फुटबलको१२ औँ चरणका खेल सोमबारदेखि सुरु हुँदैछन्। सोमबार तीन खेल हुने छन्।

    पहिलो खेलमा न्यूरोड टिम ‘एनआरटी’ले मच्छिन्द्र क्लबको सामना गर्नेछ। दोस्रो खेलमा फ्रेण्डस् क्लबले ब्रिगेड ब्वाइज क्बलको सामना गर्नेछ। दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछन्। त्यस्तै, तेस्रो खेलमा जाउलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबको समान गर्नेछ। उक्त खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ।  

    सोमबार हुने भनिएको मनाङ मर्स्याङ्दी र हिमलायन शेर्पाबीचको खेल भने बुधबारका लागि सारिएको छ। दुई खेल खेल्न बाँकी छँदै मनाङ लिग विजेता बनिसकेको छ। उपाधिसँगै मनाङले  ५० लाख रुपैयाँ पक्का गरेको छ। मनाङले यसअघि सात पटक उपाधि जितिसकेको छ।

    लिगमा अब दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। सङ्कटा क्लब २५ अंकका साथ दोस्रो स्थानमा छ भने थ्रीस्टार क्लब २३ अङ्कसाथ तेस्रो स्थानमा छ। त्रिभुवन आर्मी २१ अङ्कका साथ चौथो र १८ अङ्कका साथ नेपाल पुलिस क्लब पाँचौँ स्थानमा छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]