स्वास्थ्य

मोरङका १७ वटै स्थानीय तहमा स्वास्थ्य बिमा

पुस १६, २०७५

    विराटनगर : मोरङका १७ वटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम आरम्भ भएको छ। विराटनगर महानगरपालिका लगायत सबै स्थानीय तहमा यही पुस मसान्तसम्म स्वास्थ्य बिमामा नाम दर्ता गर्ने गरी काम अघि बढेको स्वास्थ्य बिमा बोर्ड प्रदेश १ ले जनाएको छ। 

    गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम विस्तार भएर चालु आर्थिक वर्षदेखि मोरङ, खोटाङ र भोजपुरमा विस्तार भएको हो । यो समेत प्रदेश १ का ६ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ। यसअघि इलाम, झापा, सुनसरी, सोलुखुम्बु र खोटामा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको थियो । 

    स्वास्थ्य बिमा कार्यक्रम लागू भएको मोरङमा वडाहरूमा दर्ता सहयोगी नियुक्त गर्नुपर्ने र त्यसलगत्तै नाम दर्ताको काम सुरु हुने सहसंयोजक दुर्गाप्रसाद आचार्यले जानकारी दिए। पाँच जनासम्म सदस्य रहेको परिवारले वर्षको दुई हजार ५०० रुपैयाँ प्रिमियम रकम तिरेर बिमा गर्न सकिन्छ। त्यसवापत ५० हजार रुपैयाँसम्मको उपचार खर्च स्वास्थ्य बिमा बोर्डले अस्पताललाई सोझै उपलब्ध गराउँछ। परिवारमा पाँच जना भन्दा धेरै सदस्य भएको खण्डमा प्रतिव्यक्ति ४२५ रुपैयाँको दरले थप रकम तिरेर बिमामा सहभागी हुनुपर्नेछ। स्वास्थ्य बिमा गरेपछि सरकारी अस्पतालमा सुरु प्रवेश गरेपछि सम्झौता भएका अन्य अस्पतालमा रेफर गरेरसमेत स्वास्थ्य सेवा प्राप्त गर्न सकिने छ। 

    प्रदेश १ को इलाममा सबैभन्दा पहिले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो। ०७३ असार १५ देखि सुरु भएको कार्यक्रम झापा, सुनसरी र सोलुमा ०७४ असोज २५ मा विस्तार भएको थियो भने भोजपुर र खोटाङमा यही पुसमा सुरु भएको छ। मोरङ सातौं जिल्लाको रूपमा कार्यक्रम अघि बढाउन अग्रसर भएको छ। 

    मोरङमा समेत आउँदो फागुनसम्ममा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिसक्ने लक्ष्य रहेको बताइएको छ। यसै क्रममा विराटनगर महानगरपालिकामा स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण गरिएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]