स्वास्थ्य

आँखा अस्पताल बनाउन जापानको ९० लाख

पुस १६, २०७५

    उदयपुर : आँखाका बिरामीहरूले अब जिल्लामै उपचार पाउने भएका छन्। नेपाल नेत्रज्योति संघको पहलमा उदयपुर सदरमुकाम गाईघाटमा आँखा अस्पताल निर्माण पूरा हुने भएपछि आँखाका बिरामीले यहीँ उपचार पाउने भएका हुन्।

    करिब दुईवर्ष अघि सुरु गरिएको आँखा अस्पताल भवनको निर्माण आगामी वर्ष सम्पन्न हुने भएको नेत्रज्योति संघ उदयपुरका सभापति भगवत राउतले बताए।आइतबार संघको नवनिर्मित भवनमा पत्रकार सम्मेलनको आयोजना गरी आँखा अस्पतालको भवन निर्माण गर्न जापान सरकारले करिब ९० लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको उनले जानकारी दिए। 

    सम्झौतामा जापानी राजदूत मासामिची साइगो  र नेपाल नेत्रज्योति संघ उदयपुरका सभापति भागवत राउतबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।  सहमतिमा जापानले ८१ हजार एक सय ९१ अमेरिकी डलर जापानले सहयोग गर्ने छ। आँखा अस्पतालको भवन निर्माण गर्न तत्कालीन सभासद मञ्जुकुमारी चौधरीको निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट ४० लाख, नेपाल सरकारको शहरी विकास मन्त्रालयबाट ५० लाख गरी ९० लाख रुपैयाँ खर्च भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

    नेत्र ज्योती संघको व्यवस्थान र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्रविधिक सहयोगमा सन् २००८ (२०६५) सालदेखि त्रियुगा नगरपालिकाको भवनमा आँखा उपचार केन्द्र सञ्चालन गरिएको छ। अहिलेसम्म एक लाख २६ हजार आठ सय ३२ जना बिरामीहरुले उपाचार पाएका प्राथामिक आँखा उपचार केन्द्रले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]