समाज

गाडीले किच्दा वृद्धको मृत्यु

पुस १६, २०७५

    म‌ंगलबारे : इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा गाडीले किच्दा एक वृद्धको मृत्यु भएको छ। 

    सोमबार बिहान लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किच्दा फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले जानकारी दिए। 

    सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको 'ब्रेक फेल' भएर पछि सर्दा उनलाई गाडीले किचेको हो। गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ। 

    चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]