समाज

धिमे बाजा प्रतियोगिताको उपाधि लूनिभालाई

पुस १६, २०७५

    भक्तपुर : जिल्लास्तरीय दोस्रो धिमे बाजा प्रतियोगिता २०७५ को उपाधि सिरुटारस्थित लूनिभा धिमे खलले जितेको छ।

    सरस्वती कला केन्द्रले आयोजना गरेको प्रतियोगितामा मध्यपुर थिमिको सिवा साय्मि खल ‘क’ समूह दोस्रो, भक्तपुर नासमनाको न्हूज धिमे खल तेस्रो तथा सिवा साय्मि खलकै मचा पुच समूह ‘ख’ चौथो भएका छन्। प्रथम र द्वितीय हुने समूहले क्रमशः १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे।

    सूर्यविनायकको चित्रपुरमा आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले नगरको मौलिक कला र संस्कृति संरक्षणमा स्थानिय तहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रतियोगितामा ११ समूह सहभागी थिए।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]