समाज : सुरक्षा/अपराध

ठूलो परिणामको चरेशसहित चालक र ट्रक नियन्त्रण

पुस १६, २०७५

    पर्सा : ठूलो परिणामको लागूऔषध लोड गरी ल्याएको ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–३१ बेल्वाबाट पर्सा प्रहरीले ट्रकसहित चालकलाई पक्राउ गरेको हो। 

    पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका–१२ पदमपोखरीका २९ वर्षीय सागर बल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। चालक बलले चलाएको ना.४ ख २९८५ नम्बरको ट्रकको पछाडि फल्सबटम बनाई १६० केजी चरेश लुकाएर ल्याउँदै गर्दा बरामद गरेको प्रहरीले बताएको छ। उक्त चरेश मकवानपुरदेखि पर्सा हुँदै भारत लान लगिएको प्रहरीले जनाएको छ।

    बरामद भएको चरेश चालु आर्थिक वर्षमा नियन्त्रणमा लिइएको सबैभन्दा ठूलो परिणाम भएको प्रहरी नायब उपरीक्षक मानबहादुर राइले बताए। पक्राउ परेका बल, नियन्त्रणमा लिइएको ट्रक र चरेश जिल्ला प्रहरी कार्यालय पर्सामा नै राखिएको प्रहरीले बताएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]