समाज

विद्यार्थीले बसभित्र गीत गाउँदा र मादल बजाउँदा दाङमा दुर्घटना : मन्त्री महासेठ

पुस १६, २०७५

    काठमाडौं : कृष्णसेन स्मृति बहुप्राविधिक विद्यालय, दाङकाे बस दुर्घटनामा बस चालककाे गल्ती नदेखिएकाे यातायात तथा भाैतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले बताएका छन्। उनले बसभित्र पिकनिकबाट फर्किएका विद्यार्थीले गीत गाउँदा र मादल बजाएर रमाइलो गर्दा चालकको ध्यान विकेन्द्रित भएर बस दुर्घटना भएको हुनसक्ने बताए।

    संघीय संसद प्रतिनिधिसभाकाे विकास तथा प्रविधि समितिमा बढ्दाे सवारी दुर्घटना र ट्राफिक दुर्घटनाबारे जानकारी दिने क्रममा मन्त्री महासेठले दाङमा भएको दुर्घटनाबारे जानकारी दिएका हुन्। 'बसभित्र पिकनिकबाट फर्किएका विद्यार्थीले गीत गाउने र मादल बजाउने गरेकाले बस ड्राइभरकाे माइन्ड डाइभर्ट भएकाे प्रारम्भिक कुरा छ', उनले भने, 'कतिपय बस चालक नयाँ भएकोले दुर्घटना हुने गरेका छन् तर त्याे बस स्कुलकाे थियाे। चालक पनि पुरानाे र अनुभवी नै थिए।'

    मन्त्री महासेठले कतिपय अवस्थामा तीव्र गतिका कारण बस दुर्घटना हुने गरेका बताए। उक्त स्कुल बस दुर्घटना भएको ठाउँमा यसअघि पनि धेरै पटक दुर्घटना भएको थाहा हुन आएकाे मन्त्री महासेठले बताए। मन्त्री महासेठले सडक दुर्घटनाका कारण पत्ता लगाउन मन्त्रालयले सहसचिव सराेज प्रधानकाे अध्यक्षतामा अध्ययन समिति गठन गरिएको पनि जानकारी दिए।

    उक्त अध्ययन समितिले एक महिनामा प्रतिवेदन दिने बताए। केहीदिन पहिले दाङमा बस दुर्घटना हुँदा २३ जना विद्यार्थीको मृत्यु भएको थियाे। उक्त दुर्घटनामा १० विद्यार्थी अझै घाइते छन्। वर्तमान सरकारले यातायातको सिन्डिकेट हटाएर ठूलो काम गरे पनि व्यवस्थित गर्न नसकिएकाे मन्त्री महासेठले जानकारी दिए। उनले सरकारका आफ्नै सवारी साधन नभएकाले निजी यातायात व्यवसायीकाे भर पर्नुेपरेकाे बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]