काठमाडौँ : नेपालले दोस्रो टी–२० खेलमा आयरल्याण्ड ए लाई ७१ रनले पराजित गर्दै २ खेलको शृंखला जितेको छ। आयरल्याण्ड ए ले&nb...
काठमाडौंः युएइसँग हुने क्रिकेट खेलका लागि नेपाली खेलाडिहरूको घोषणा भएको छ। नेपाली राष्ट्रिय टीमका प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काले युएइसँगको खेलका लागि २० जना खेलाडिको नाम सार्वजनिक गरेका हुन्।
नेपाल र युएइका बीचमा २५ जनबरी देखि ३ फब्रुअरीसम्म हुने खेलका लागि पारस खड्काको कप्तानीमा २० सदस्यीय खेलाडीको टीम सार्वजनिक गरिएको हो। टीममा खड्कासहित अबिनास बोहोरा, बसन्त रेग्मी, भिम सार्की, विक्रम सोब, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी परेका छन्।
त्यस्तै टीममा ललित भण्डारी, ललित नारायण राजबंशी, आरिफ सेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा र सुसन भारी पनि समावेश भएका छन्। नेपालले युएइसँग ३ वटा एकदिवसिय खेल र ३ वटा ट्वान्टीट्वान्टी म्याच खेल्नेछ।
एकदिवशीय मान्यता प्राप्त गरेको नेपालले आफ्नो अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट करियरमा दोस्रो श्रृंखला खेल्न लागेको हो। नेपाल राष्ट्रिय क्रिकेट टोलीले जनवरी २५ देखि २८ सम्म एकदिवशीय अन्तर्राष्ट्रिय र जनवरी ३१ देखि फेबु्रअरी ३ सम्म टिट्वेन्टी श्रृंखला खेल्ने छ।
श्रृंखला अन्तर्गत सबै खेल दुवईमा हुने छन्। नेपालले अघिल्लो वर्ष जिम्बावेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर ४ वर्षको लागि एक दिवसीय मान्यता पाएको थियो।
नेपालले अहिलेसम्म तीन एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेलेको छ। एशियाकप क्रिकेटमा नेपालले यूएईसंग पनि खेलेको थियो। त्यस्तै नेदरल्याण्डसँग दुईवटा खेल खेलेको थियो। नेपाली टोलीले गएको अगष्ट महिनामा एकदिवशीय अन्तर्राष्टियको मान्यता प्राप्त गरेको थियो।
खेल तालिका
जनबरी २५ – प्रथम एक दिवसीय
जनबरी २६ – दोस्रो एक दिवसीय
जनबरी २८ - तेस्रो एक दिवसीय
जनबरी ३१ – प्रथम ट्वान्टीट्वान्टी अन्तर्राष्ट्रिय
फेबु्रअरी १ – दोस्रो ट्वान्टीट्वान्टी अन्तर्राष्ट्रिय
फेब्रुअरी ३ – तेस्रो ट्वान्टीट्वान्टी अन्तर्राष्ट्रिय
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।