राजनीति

सरकारले सिन्को भाँचेनः पशुपति शमशेर जबरा

पुस १६, २०७५

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले राष्ट्र र जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको टिप्पणी गरेका छन्।

    अध्यक्ष राणाले मुलुकको इतिहासमा सबैभन्दा शक्तिशाली केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक सरकारको रुपमा दर्ज हुन पुगेको दाबीसमेत गरे। सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले कामै गर्न नसकेपछि सत्तारुढ दल नेकपाकै नेताहरुले सरकारको व्यापक आलोचना गरिरहेको तर्क पनि गरे।

    अध्यक्ष राणाले राष्ट्रपति विद्या भण्डारीले थप सेवा र सुविधाको अपेक्षा गरेकोमा पनि असन्तुष्टि व्यक्त गरे। राष्ट्रपतिलाई महंगो गाडी खरिद गर्ने, प्रहरी तालिम केन्द्रसम्म शीतल निवासलाई विस्तार गर्ने सरकारको योजनाप्रति अध्यक्ष राणाको आपत्ति छ।

    अध्यक्ष राणाले राष्ट्रपतिले राजा, महाराजाको जस्तो सेवा, सुविधा खोज्नु गणतन्त्रका लागि सुहाउँदो विषय नभएको पनि स्पष्ट पारे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]