धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौंः नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले देशको सार्वभौमसत्तामाथि गम्भीर खतरा आएको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
जाती जातीबीच द्वन्द्व हुँदा राष्ट्रियतामै खतरा उत्पन्न भएको उनले बताए। यो खतराबाट जोगाउनका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बेला आएकोसमेत बताए।
साथै उनले दुई तिहाइको सरकारले केही पनि गर्न नसकेको, राष्ट्र विखण्डनतिर जाँदा पनि बचाउन नसकेको र अराजकता तथा भष्ट्राचार बढेको बताए।
कांग्रेस महासमिति बैठकबाट पार्टीमा एकताको सन्देश गएको भए पनि प्रतिनिधि जिल्ला पुगिसक्दा फेरि एकता होइन कि भन्ने लाग्न थालिसकेको समेत उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।