खेलकुद

ए डिभिजन लिग फुटबल:  खेलमा १० गोल तर बराबरी

पुस १६, २०७५

    काठमाडौं : जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार न्युरोड टिम एनआरटी र मच्छिन्द्र क्लबे ले ५–५ गोलको बराबरी खेल्दै अंक बाँँडेका छन् । जुन जारी लिगमा सर्वाधिक धेरै गोल भएको हो।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा मच्छिन्द्रले खेलमा चारपटक अग्रता लिए पनि जोगाउन नसक्दा खेल बराबरीमा टुंगियो। मच्छिन्द्रका विशाल राईले २ तथा भासाडिया डियामान्डे, खामिर गिल्सन कन्दङ्वा र अनिल गुरुङले समान १–१ गोल गरे। एनआरटीका अशोक थापाले २ तथा सुशिल लामा र कोवासी जिन डिडियरले समान १–१गोल गर्दा १ गोल उपहार पाएको थियो।

    पहिलो हाफमै ८ गोल भएको खेलमा दोस्रो हाफमा थप दुई गोल भयो। मच्छिन्द्रले खेलको चौथो मिनेटमा भासाडिय डियामन्डेले गोलबाट सुरुवाती अग्रता लिएको थियो। नवौ मिनेटमा मच्छिन्द्रका गोलरक्षकले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो। तर, १०औं मिनेटमा विशाल राईले गोल गरेपछि मच्छिन्द्रले खेलमा २–१ को अग्रता बनायो। २८औं मिनेटमा खामिर गिल्सनले तथा ३०औं मिनेटमा अनिल गुरुङले गोल गरेपछि मच्छिन्द्रले खेलमा ४–१ को अग्रता बनायो।

    दुई मिनेटको अन्तरमा अशोक थापाले दुई गोल गरेपछि एनआरटीले खेलमा फर्कर्न सफल भयो। अशोकले ३३औं र ३५औं मिनेटमा गोल गरेको थियो। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सुशिल लामाले गोल गरेपछि पहिलो हाफ रोमाञ्चक ४–४ गोल संभव भयो। ६४औं मिनेटमा विशाल राईले व्यक्तिगत दोस्रो तथा टिमको लागि पाँचौ गोल गरेपछि मच्छिन्द्रले खेलमा ५–४ को अग्रता लियो। खेल सकिन ४ मिनेट बाँकी रहँदा कोसावीले गोल गरेपछि खेल ५–५ गोलको बराबरीमा सकियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]