समाज

बालविवाह न्यूनीकरण अभियानमा बैतडीका किशोरी

पुस १६, २०७५

    बैतडी : बालविवाह न्यूनीकरणका लागि बैतडीमा किशोरीले आफैँले पहल थालेका छन्। जिल्लाका विभिन्न ठाउँमा गठन भएका किशोरीवृतमा आबद्ध किशोरीहरू बालविवाह न्यूनीकरण अभियानमा लागेका हुन्। 

    बालविवाहले पार्ने असर, बालविवाह गर्दा महिलाले झेल्नुपर्ने समस्या लगायतका विषयमा जानकारी दिदै बालविवाह न्यूनीकरणको अभियान थालेको पञ्चेश्वर गाउँपालिकाकी अञ्जु चन्दले बताइन्। आफ्नो गाउँपालिकाका प्रत्येक वडामा किशोरीवृतमा आवद्ध किशोरीहरुले बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको शिवनाथ गाउँपालिकाकी धनेश्वरी महताले बताइन्। आफूहरूले सडक नाटक लगायतका सचेतनामूलक कार्यक्रम गरेर बालविवाह न्यूनीकरणको अभियानमा लागेको किशोरीले बताएका छन्।

    बालविवाहका कारण किशोरीले विद्यालय छोड्नुपर्ने, छिटै बच्चा जन्माउनुपर्ने, स्वास्थ्यमा विभिन्न समस्या आउने कुरा आफूले थाहा पाएपछि गाउँमा पनि समूहमा सिकाउने गरेको शिवनाथकी सोनिया पार्कीको भनाई रहेको छ। रेडक्रसले आयोजना गरेको समीक्षा बैठकमा पाटन नगरपालिकाका महिला विकास निरीक्षक बिष्ना भण्डारीले छोरीले आफ्नो खुट्टामा उभिएपछि मात्रै विवाह गर्नुपर्ने अभियान सञ्चालन गर्नुपर्ने बताइन्। यस्तै नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेशसिंह भण्डारीले रेडक्रसले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषसँग मिलेर बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको बताए। 

    किशोरीवृतको पहलमा १०० बढी बालविवाह रोकिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले जनाएको छ। मागेर हुने बालविवाह रोकिए पनि पछिल्लो समयमा भागेर हुने बालविवाह चुनौतीको रुपमा देखा परेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]