राजनीति

‘वीपीकाे मेलमिलाप नीतिलाई कमजोर ठानियो’

पुस १६, २०७५

    हेटौंडा : नेपाली कांग्रेसले सोमबार ४३ औं मेलमिलाप दिवस मनाएको छ। देशभरको कार्यक्रमअन्तर्गत नेपाली कांग्रेस मकवानपुरले पनि र्‍याली तथा कोणसभा गरी दिवस मनाएको हो।

    हेटौंडा २ स्थित पार्टी कार्यालयबाट निकालिएको र्‍याली संगमचोक, पारिजातपथ, स्कुलरोड हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्ने वक्ताहरूले कांग्रेसको मेलमिलापको नीतिलाई वर्तमान सरकारले कमजोरी ठानेको भन्दै आन्दोलनको आँधी बेहरी ल्याउने चेतावनी दिएका छन्। कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरेले दुई तिहाईको सरकार एकलौटी ढंगले मनोमानी गर्दै अघि बढेको भन्दै दुई तिहाईको दम्भलाई परास्त गर्न सडकदेखि सदनसम्म आन्दोलन चर्काउने चेतावनी दिए। ‘हामी मिलैरै जाउँ, देश र जनताको समृद्धिको लागि सँगै काम गरौं भन्ने मनसायले अघि बढिरहेका छौं।सरकारले हाम्रो मेलमिलापको नीतिलाई कमजोर ठान्छ भने हामी जुनसुकै आन्दोलन गर्न पनि तयार छौं।’ 

    कांग्रेसले जनता सुखी र समृद्ध भएको हेर्न चाहेको भन्दै उनले वर्तमान सरकारले जनताको आशा  विश्वासमाथि कुठाराघात गरिरहेको नेता घिमिरेको आरोप थियो। ‘देशमा लोकतन्त्र र गणतन्त्र जारी  संविधान बनेपछिको पहिलो स्थायी सरकारले जनताको चाहनाअनुसारको काम गर्न सकिरहेको छैन, चुनावका बेला केपी ओलीले गरेका प्रतिवद्धता हावामा उडेको बेलुन जस्तो भएको छ।’ घिमिरेले भने, ’हामी सरकारलाई अझै सचेत र सजग रही जनताको पक्षमा काम गर्न आग्रह गर्छौ। यदि अटेर गर्छ भने हामी तत्कालै आन्दोलनमा होमिन तयार छौं।’

    सुशासन कायम गराउन असफल रहनुका साथै सरकार नै भ्रष्टाचार गर्न तल्लीन रहेको भन्दै घिमिरले कांग्रेसले सरकारलाई सही दिशाबोध गराउन सदनबाटै पहल गरिरहेको बताए। पञ्चायती व्यवस्था हुँदै राजतन्त्र फाल्न र लोकतन्त्र, गणतन्त्र र संविधान बनाउन कांग्रेसको ठूलो भूमिका भएको स्मरण गराउँदै उनले भने,‘हाम्रो महत्वलाई वर्तमान सरकारले बुझेन। खेत जोत्ने हामी भात खाने चाहिँ केपी ओली भएका छन्।'

    विश्वेश्वरप्रसाद कोइराला नेपाली इतिहास जन्माउने नेता भएको उनले चर्चा गरे। पञ्चायती व्यवस्था फालेर प्रजातन्त्र पुन:स्थापन र लोकतन्त्र ल्याउन उनको महत्वपूर्ण भूमिका रहेको भन्दै विपीको मेलमिलापको नीतिको प्रशंसा गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]