समाज : सुरक्षा/अपराध

विदेशीसँग लिभिङ टुगेदरमा बसेर सामाजिक सञ्जालमार्फत ठगी धन्दा

पुस १६, २०७५

    काठमाडौं : विदेशी युवकसँग लिभिङ टुगेदरमा बसेकी एक नेपाली महिला विदेशी साथी सहित सामाजिक संजाल मार्फत ठगी गरेको आरोपमा एक जोडी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले सामाजिक संजाल फेसबुक, भाइबर र इमो प्रयोग गरी ठगी गर्ने काभ्रेकी ३२ बर्षीया कुसुम कायस्थ र आइभरी कोस्टका ओवोतार अलकान्नीलाई पेप्सोकोलाबाट पक्राउ गरेको हो।

    उनीहरुले विभिन्न व्यक्तिलाई उपहार (पार्सल) पठाएको छ उक्त पार्सल लिनको लागि केही कर तिर्नु पर्ने भनि बिभिन्न बैंकहरूको खातामा रकम जम्मा गर्न लगाइ १४ लाखभन्दा बढी ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ।

    पक्राउ परेका नेपाली युवती र विदेशी नागरिक अलकान्नी लिभिङ  टुगेदरमा फ्ल्याट भाडामा लिएरसँगै बस्दै आएको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]