समाज

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

पुस १६, २०७५

    सिन्धुली : सिन्धुली अस्पतालमा पोष्टमार्टम गरी घरतर्फ शव बोकेर जाँदै गरेको लु२त १७२९ नम्बरको ट्याक्टर सिन्धुलीमा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

    भिरबाट लडेर मृत्यु भएका सुनकोसी गाउँपालिका ४ भोर्लेनी सिन्धुलीका ३१ वर्षका अशोक रानामगरको शव पोष्टमार्टम गरी घरतर्फ लैजाँदै गरेको ट्याक्टर कमलामाई नगरपालिका २ पीपलभन्ञ्याङस्थित वीपी राजमार्गमा दुर्घटना भएको हो।

    दुर्घटनामा परी उक्त ट्याक्टरका सहचालक सुनकोसी गाउँपालिका ४ लखनपुर बस्ने वर्ष १७ का रामजी किड्रिङ मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो। गत शनिबार भीरबाट लडेर मृत्यु भएका रानामगरको शव पोष्टमार्टमका लागि आइतबार सिन्धुली अस्पताल ल्याइएको थियो।

    सोमबार पोष्टमार्टम गरी फर्कने क्रममा ट्याक्टर सडकको नालामा दुर्घटना हुँदा गम्भीर घाइते सहचालक मगरलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]