काठमाडौँ : नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन भनेर प्रश्न...
काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रिय एकता र मेलमिलाप नचाहेको आरोप लगाएका छन्।
सभापति देउवाले सरकार एकलौटी ढंगले अघि बढिरहेको उल्लेख गर्दै त्यसविरुद्ध आन्दोलनमा जाने चेतावनी पनि दिए। पार्टीको ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले कर्मचारीतन्त्रलाई समेत पार्टीको नियन्त्रणमा राख्न खोजेको दावी गर्दै त्यसविरुद्ध आफ्नो पार्टी संघर्ष गर्न बाध्य हुने पनि स्पष्ट पारे।
‘कर्मचारीको खिलाफमा सरकारले अध्यादेश ल्याएको छ, सभापति देउवाको आशंका थियो, अब सेना र प्रहरीलाई पनि सरकारले पार्टीकरण गर्नेछ,’ देउवाले भने। सभापति देउवाले मुलुकमा विपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको पनि उल्लेख गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।