समाज : सुरक्षा/अपराध

लागुऔषधसहित दुईजना पक्राउ

पुस १६, २०७५

    भक्तपुर : लागु औषधसहित भक्तपुरको कटुञ्जेबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका चपरगौरी घर भई हाल सूर्यविनायक नगरपालिका५ बस्ने ४९ वर्षीया लक्ष्मी शाही र सोही स्थान बस्ने भारतको बिहार जिल्ला पुर्वी चम्पारण ग्राम खटुवा धनहर का २५ वर्षीय अमितकुमार रहेका छन्।

    सूर्यविनायक नगरपालिका ५ कटुञ्जे एकता टोलस्थित लक्ष्मी शाहीको घरको दोस्रो तलामा लागुऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारी उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए। प्रहरीले उनीहरूको साथबाट नुफिन ३०० थान, फेनेरगन ३०० थान, डाइजेल्याब ३०० थान र नगद ४८ हजार बरामद गरिएको जानकारी दिएको छ।

    पक्राउ परेका दुवै जनालाई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रनाउ पोखरेलले बताए।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]