अर्थ

भुक्तानी नपाएको गनासो लिएर निर्माण व्यवसायी अर्थमन्त्रालयमा

पुस १६, २०७५

    काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले निर्माण व्यवसायीहरुको रकम चाँडै भुक्तान गरिने जानकारी दिएका छन्। लामोसमयदेखि निर्माणसम्पन्न भएको आयोजनाको भुक्तानी नपाएको गुनासो बोकेर अर्थमन्त्रालयमा गएका निर्माण व्यवसायीलाई उनले यस्तो प्रतिवद्धता जनाएका हुन्। 

    अर्थमन्त्री डा खतिवडाले व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकमको यकिन विवरण प्राप्त नभएकाले केही समस्या आएको बताए। सरकारसँग बजेटको समस्या नरहेको प्रष्ट पार्दै मन्त्री डाक्टर खतिवडाले ठोस विवरण प्राप्त हुने बित्तिकै रकम भुक्तान गरिने बताए। 'अब केही दिनमा सबै विवरण प्राप्त भए लगत्तै व्यवसायीको रकम भुक्तान गरिनेछ' मन्त्री खतिवडाले भने।

    महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले भुक्तानी तथा करमा ब्याज र हर्जाना छुटका विषयमा अर्थमन्त्री डाक्टर खतिवडाको ध्यानाकर्षण गर्दै समस्या समाधानका लागि आग्रह गरेको थियो। सरकारी निकायबीच समन्वय नहुँदा निर्माण व्यवसायीको काममा पाइलै पिच्छे समस्या आएको तर्फ पनि महासंघ प्रतिनिधिमण्डले अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएको छ।

    संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई संचालनमा रहेका विभिन्न सडक, भवन, पुल लगायतका परियोजनाहरु हस्तान्तरण गरेको जानकारी प्रतिनिधिमण्डलले मन्त्री खतिवडालाई गराएको छ। तर परियोजनाहरुको निर्माणाधीन अवस्थामा हस्तान्तरण गर्दा निर्माण व्यवसायीहरुलाई निर्माण कार्य संचालन गर्ने र निर्माण कार्य सम्पन्न भई बिल समेत पेश गरेका आयोजनाहरुको भुक्तानी नहुने वातावरण सृजना भएको महासंघ अध्यक्ष सिंहले बताए।

    ती निर्माण कार्यको भुक्तानी हुन धेरै रकम बाँकी  रहेकोले  परियोजनाहरु सम्पन्न नहुन्जेल र भुक्तानी नभएसम्म केन्द्रिय स्तरबाट नै भुक्तानी हुने गरी व्यवस्थापनका लागि सिंहले आग्रह गर्नुभयो। विविध कारणले प्रदेश तथा स्थानीय सरकार केन्द्रीय तहका परियोजनाहरु सम्पन्न गर्न संस्थागत रुपमा सक्षम नभइसकेको अवस्थामा हाल दोषीको भागदार भने निर्माण व्यवसायी मात्र हुने गरेको महासंघको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]