समाज

बागलुङका गाउँभरि धुँवारहित चुलो

पुस १६, २०७५

    बागलुङ : जिल्लाको काँठेखोला २ भीमापोखरागाउँ बागलुङमा पहिलोपटक रकेट चुलोयुक्त गाउँको रुपमा परिणत भएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र खुमलटार ललितपुर र ऊर्जा केन्द्र नेपाल प्रा.लि.बालाजुको सहयोगमा वडा कार्यालयले भीमापोखराका सवै घरधुरीलाई वातवरणीय ऊर्जा संचित रकेट चुलो प्रदान गरेपछि भीमापोखरा रकेट चुलायुक्त गाउँ घोषणा भएको हो।

    भिमापोखरामा ९९१ परिवार बसोबास गर्दै आएका छन्। करिव ५८ लाखको लागतमा तयार गरिएका रकेट चुलो सवै घरधुरीलाई एकएक वटा प्रदान गरिएको र यसले उर्जा खपत गर्नुका साथै वातावरणमैत्री धुवारहित समाज निर्माण गर्न सहयोग पुराउने ऊर्जा केन्द्र नेपाल प्रा.लि.का बजार प्रबन्धक सूर्य गौतमले वताए। कुल लागतको ५० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोग रहेको र बाँकी रकम कम्पनीले सहयोग गरेको वडाअध्यक्ष विद्यापति शर्माले वताए।

    रहेट चुलोका कारण स्थानीय खुसी रहेकाले यो कार्यक्रम काठेखोलाका अन्य गाउँहरूमा पनि लैजाने तयारी भइरहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताए।
    चुलो पाएपछि गाउँलेहरू दंग परेका छन्। धुँवा कम हुने र दाउरा समेत कम लाग्ने भएकाले गाउँघरमा चुलोे उपयोगी रहेको भिमापोखराका स्थानीय प्रेम केसीले बताए। ‘एक ठाउँबाट अर्को ठाउँमा लैजानको लागि समेत चुलो उपयोगी छ’ केसीले भने ‘गाउँ नै धुँवामुक्त हुने भो भनेर खुसी लागेको छ।’ 

    रकेट चुलो वितरण कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सांसद इन्द्रलाल सापकोटाले मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको रकेट चुलो वितरण कार्यक्रमले भान्सालाई समेत धुवारहित बनाउने वताए। रकेट चुलोबाट पकाइएको खाना स्वादिष्ट हुनुका साथै उर्जा संचिती भई बन विनास हुनबाट समेत जोगिने वताउँदै सांसद सापकोटाले यसको समायोजन गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिए। 

    स्वच्छ चुलो कार्यक्रम किसानसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई सहयोग गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र उर्जा केन्द्र नेपाललाई स्थानीयले आग्रह गरेका छन्। वडा कार्यालयले निःशुल्क चुलो वितरण गरेर आफूहरूलाई सहयोग गरेकोमा खुशी ब्यक्त गर्दै स्थानीय वृद्ध अलु सुनारले आफूहरूले जीवनमा पहिलो पटक नौलो अनुभूति भएको बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]