राजनीति

विश्वविद्यालय सिद्धान्त घोकाउने पाठशाला मात्रै होइन : प्रधानमन्त्री ओली

पुस १६, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशालामात्रै बन्न नदिनुपर्ने बताएका छन्। 

    उनले त्रिभुवन विश्वविद्यालयको ४४ औँ दीक्षान्त समारोहमा सोमबार त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूलाई दीक्षित गर्दै विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला मात्रै नभई जीवन उपयोगी पाठशाला बनाउनुपर्नेमा जोड दिए। 

    विद्यार्थीहरूलाई प्रमाणपत्र लिएरमात्रै नबस्न प्रधानमन्त्रीको आग्रह थियो। विश्वविद्यालयका कुलपतिसेत रहेका ओलीले विद्यार्थीहरूलाई उक्त आग्रह गरेका हुन्।

    उनले आगामी शैक्षिक सत्रमा स्कुल जाने कोही पनि बालबालिका विद्यालय बाहिर नरहने बताएका छन्। ओलीले शिक्षा जीवन उपयोगी बन्नुपर्ने धारणा राखेका थिए।

    आफूले प्राप्त गरेको शिक्षालाई व्यवहारमा उतार्न सम्पूर्ण दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीको सुझाव थियो। उनले विद्यार्थीहरूलाई प्रमाणपत्र लिएर मात्रै नबस्न आग्रह गरेका थिए। 

    आफूले पाएको शिक्षालाई वास्तविक जीवनमा उतार्न सुझाव दिँदै प्रधानमन्त्री ओलीले शिक्षाले जीवनलाई सहज र सरल बनाउँदै मान्छेलाई गुणशील बनाउन आग्रह गरे। जीवनउपयोगी शिक्षामा जोड दिनुपर्ने उनको भनाइ थियो।

    सरकारले यसै वर्षमा सबै बालबालिकालाई विद्यालय पुर्‍याउने प्रयास गरेको भए पनि केही बालबालिका अझै पनि विद्यालय बाहिरै रहेकाले आगामी वर्ष त्यो लक्ष्य पूरा हुने दाबी गरे। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]