काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
विराटनगर : प्रदेशको राजधानी पूर्वाञ्चल विश्वविद्यालयको जग्गा भएको ठाउँ मोरङको गोठगाउँमा सार्ने विषयमा विश्वविद्यालयले गम्भीर असहमति जनाएको छ।
प्रदेशको राजधानीको लागि गोठगाउँ उपयुक्त रहेको र त्यहाँ विश्वविद्यालयको संरचना तथा जमिन रहेको चर्चा प्रदेशसभा सदस्यहरूले पनि चलाइरहेको बेला विश्वविद्यालयले त्यसमा असहमति जनाएको हो।
विश्वविद्यालयले आफ्नो २५ औं वार्षिकोत्सव एवं रजत महोत्सव २०७५ मनाउने विषयमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपकुलपति डा. घनश्यामलाल दासले कुनै पनि शक्तिले विश्वविद्यालयको जग्गा हडप्न नसक्ने बताए। सार्वभौम संसदबाट जन्मिएको विश्वविद्यालय भएकोले प्रदेश सरकारको गरेका निर्णय पालना नहुने उनले चेतावनी दिए। यसअघि सुन्दरहरैचा नगरपालिकाले विश्वविद्यालयको जग्गामा प्रदेश राजधानी राख्नुपर्ने गरी गरेको निर्णय बौद्धिक क्षेत्रको बलात्कार भएको दासको भनाइ थियो।
विश्वविद्यालय २५ वर्ष पुगेको कारण अब विश्वविद्यालयले कुनै पनि गल्ती गर्ने छुट नभएको जिकिर गर्दै उनले गोठगाउँमा २५ शैप्याको इमरजेन्सी भवन यही आर्थिक वर्षमा संचालन हुन लागेको जानकारी दिए। अहिलेको ओपिडी एवम् इमरजेन्सी भवनको रुपमा प्रयोग हुँदै आएको भवनलाई सुविधा सम्पन्न ३५ शैय्याको चाइल्ड एण्ड माटेरर्नीटी केयर, आइसियु, सिसियु, एनआइसियु सेवासहितको अस्पतालको रुपमा सञ्चालन गर्ने र १५० शैय्या क्षमता भएको अस्पताल भवन निर्माणको प्रक्रिया थाल्ने विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयले पुस १९ गते राष्ट्रिपति विद्यादेवी भण्डारीको उपस्थितिमा रजत महोत्सव मनाउने जनाएको छ। कार्यक्रममा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी र विराटनगर महानगरपालिकाका पूर्व मेयर अशोक कोइरालालाई सम्मान गरिने भएको छ। यस्तै पूर्वाञ्चल विश्वविद्यालयका प्रथम उपकुलपति स्व.द्रोणनारायण लाललाई मरणोपरान्त सम्मान गर्ने तथा पूर्व उपकुलपति तुलबहादुर कार्की, विश्वविद्यालय सेवा आयोगका पूर्वप्रमुख कृष्ण पोखरेललाई पनि सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
विश्वविद्यालयले हाल १२ करोडका नयाँ संरचना थपिरहेको जनाइएको छ। २०५२ साल पुस १९ गते स्थापना भएको विश्व विद्यालयअन्तर्गत २८ हजार विद्यार्थी अध्ययनरत रहेका छन् भने ६ वटा संकायअन्तर्गत ८० वटा व्यवसायिक र प्राविधिक विषयका शैक्षिक कार्यक्रमहरू छन्। सञ्चालन भइरहेका ९ वटा आंगिक एवं १२१ वटा सम्बन्धन प्राप्त क्याम्पसको शैक्षिक गुणस्तरका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको उपकुलपति दासले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।