समाज

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पुस १६, २०७५

    जनकपुरधाम : लागुऔषध मुद्दाका फरार एक प्रतिबादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। लागुऔषध मुद्दामा जिल्ला अदालत बाराबाट ६ महिना कैद र दुई हजार जरिवाना भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका ८ बस्ने हिरा महतो धानुक रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरिएको जनाएको छ।

    जिल्ला अदालतको आदेशानुसार निज धानुकलाई तोकिएको कैद भुक्तानको लागि बीरगञ्जस्थित कारागारमा पठाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]