छापा

वैशाखदेखि उपत्यकामा ३०० बिजुली बस सरर...

पुस १७, २०७५

    काठमाडौं : सरकारले नयाँ वर्षदेखि उपत्यकामा ३०० वटा बिजुली बस सञ्चालनमा ल्याउने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकराी दिए।

    कान्तिपुर दैनिकमा समाचार छ, संसदको विकास तथा प्रविधि समितिमा सोमबार महासेठले तत्काल ऐन बनाएर यातायात प्राधिरण स्थापना गरी त्यसमार्फत बिजुली बस सञ्चालन गर्ने बताए। ‘सार्वजनिक यातायातको अवस्थालाई पूरै सुधार गर्ने तयारीअन्तर्गत प्राधिकरण गठन गर्न लागेका हौँ’ उनले भने, ‘प्राधिकरणको कार्यक्षेत्र मुलुकभर रहनेछ।’
    सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलअनुसार प्राधिकरण गठन गर्ने तयारी भइरहेको उनले जानकारी दिए। त्यसमा निजी क्षेत्रलाई पनि समेट्ने उनको भनाइ छ।
    कम्पनी ऐनअन्तर्गत प्रालि गठन गर्न सकिने भन्दै उनले त्यसमा एक सयभन्दा बढी सदस्य रहने जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]