छापा

सुदूरपश्चिम प्रदेशका मन्त्रीले भ्रमणमा सके ३८ लाख

प्रतीकात्मक तस्विर
पुस १७, २०७५

    काठमाडौं : सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुले विकासभन्दा पनि भ्रमण खर्चमा रकम स्वाहा पारेका छन्। चालु आर्थिक वर्षको पाँच महिनामा सेवा सुविधावापतको ५८ लाख रकम बुझेका यहाँका मन्त्रीहरुले भ्रमणका नाममा मात्रै झण्डै ३८ लाख बजेट स्वाहा पारेका छन्।

    मन्त्रीहरुले सरकारी कामको सिलसिलामा जाँदा मात्र दैनिक भ्रमण भत्ताबापतको रकम पाउने प्रावधान भए पनि यहाँका मन्त्रीले त्यो प्रावधानलाई समेत लत्याएर कार्यकर्ता भेटघाट र व्यक्तिगत कामकाजको सिलसिलामा जाँदा समेत प्रदेशको ढुकुटीबाटै रकम लिने गरेको नाम नछाप्ने शर्तमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक कर्मचारीले बताए। ती कर्मचारीले भने– ‘मन्त्रीज्यूहरु आफ्ना कार्यकर्ता भेट्न जाने तर बिल सरकारी कामले गएको देखाएर बजेट स्वाहा पारे।’

    सुदूरपश्चिमका मन्त्रीहरूले प्रायःजसो हरेक महिना अनुगमन भ्रमण खर्चको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लाखौँ रकम बुझेको देखिएको छ। मन्त्रीहरुले अघिल्लो आर्थिक वर्षको पाँच महिनामा २२ लाख र चालू आर्थिक वर्षको पाँच महिनामा झन्डै साढे १५ लाख अनुगमन भ्रमण खर्च गरेका छन्।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी तथा शाखा अधिकृत हरिदत्त भट्टले गत वर्ष र यो वर्ष गरेर ३८ लाख रकम अनुगमन भ्रमणमा खर्च भएको जानकारी दिए।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]