समाज

पतिको स्मृतिमा २५ लाखको जग्गा दान

पुस १७, २०७५

    तनहुँ : व्यास नगरपालिका–१ गल्बुवेंशीकी यशोदा भट्ट क्षेत्रीले आफ्ना स्वर्गीय पति बालकृष्ण क्षेत्रीको स्मृतिमा आमा समूहलाई २५ लाख रुपैयाँ मूल्य बराबरको जग्गा दान गरेकी छन्। उनले घर छेउकै जग्गा दान गरेकी हुन्।

    उनले तीन आना जग्गा गल्बुवेंशी सिर्जनशील आमा समूहलाई दान गरेको गल्बुवेंशी टोल विकास संस्थाका सचिव गणेश बास्तोलाले बताए। उक्त दान आमा समूहको सामुदायिक भवन निर्माणका लागि दान गरेकी हुन्। आमा समूहको अध्यक्ष समेत रहेकी भट्टले समूहको आवश्यक कागजात झोलामा बोकेर चौरमा वा कसैको घरको पेटीमा बैठक बस्नुपर्ने समस्याको समाधान गर्न जग्गा दान गरेको उनले बताइन्। उक्त जग्गा गत शुक्रबार आमा समूहको नाममा दर्ता गरिएको भट्टले बताइन्।

    जग्गाको कागजात आमा समूहलाई जिम्मा दिइएको समूहकी सचिव गीता बास्तोलाले जानकारी दिइन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]