राजनीति

सन् २०१९ सुरु, १०१८ राजनीतिक उपलब्धिको वर्ष भएको प्रधानमन्त्रीको दाबी

पुस १७, २०७५

    काठमाडौं : इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ। येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रोको रुपमा लिइन्छ। 

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।  प्रधानमन्त्री ओलीले सन् २०१८ लाई राजनीतिक उपलब्धिको वर्ष भएको बताएका छन्।  

    शुभकामना सन्देशमा भनिएको छ, ‘संक्रमणकालीन संशय चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’ को संकल्पसहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमुख छौँ। राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो।’ 

    'निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक पटक संकल्प गरेको छु', प्रधानमन्त्री ओलीले भनेका छन्, ‘जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिनेछैन। सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु।' 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]