स्वास्थ्य

अझै हटेनन् जनकपुर अञ्चल अस्पताल परिसरका फार्मेसी

पुस १७, २०७५

    जनकपुरधाम : जनकपुर अञ्चल अस्पताल परिसरमा सञ्चालित औषधि पसल बन्द गर्न अस्पताल प्रशासनले निर्देशन दिए पनि फार्मेसी सञ्चालकहरुले अटेरी गर्दै आएका छन्। प्रशासनले बन्द गर्न पत्राचार गरेको महिनौं बितिसक्दा पनि फार्मेसीहरु सञ्चालनमा रहेका छन्।

    अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको भवनमा सञ्चालित रामजानकी मेडिकल र साझा फार्मेसीको बन्द गर्न पत्राचार गरेको दुई महिना बितिसकेको छ। परिसरभित्रका अन्य फार्मेसी हटाइए पनि ती दुईले अस्पताल प्रशासनको निर्देशन बेवास्ता गर्दै गरेका छन्।

    अस्पतालका तत्कालीन मेडिकल सुपरिन्डेन्टेण्ड डा. रामपरीक्षण यादवले गत कात्तिक ९ मा नेपाल रेडक्रस सोसाईटी जनकपुरधामलाई पत्राचार गरी रेडक्रस भवनमा सञ्चालित रामजानकी मेडिकल हल र साझा औषधी पसल बन्द गर्न निर्देशन दिएको थियो। 

    अस्पताल प्रशासनले फार्मेसी हटाउन दिएको निर्देशनबारे प्रतिक्रिया लिन खोज्दा रेडक्रस सोसाइटी जनकपुरका सभापति नरेशप्रसाद सिंहले आफू जनकपुरभन्दा बाहिर रहेको र पछि आरामले कुरा गर्ने प्रतिक्रिया दिए। यता अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिन्डेन्टेण्ड डा. नागेन्द्रप्रसाद यादवले ती फार्मेसी यथाशीघ्र बन्द गराउने प्रतिवद्धता व्यक्त गरे। अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा रहेकाले निर्देशनालयको परिपत्र तथा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई सबैले मान्नुपर्ने उनको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]