खेलकुद

विभागीय डर्बीमा एपीएफ र पुलिस भिड्दै

पुस १७, २०७५

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज विभागीय डर्बीमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्दैछन्। 

    एपीएफको घरेलु मैदानमा मंगलबार दिउँसो साढे २ बजे हुने खेलमा यी दुईबीचको खेल महत्त्वपूर्ण हुने छन्। नेपाल प्रहरीले एपीएफलाई हराए तालिकाको तेस्रो स्थानमा रहेको थ्रीस्टारसँगको अंक दूरी घटाउने छ। 

    थ्रीस्टारको २३ अंक छ भने पाँचौ स्थानमा रहेको नेपाल प्रहरीको १८ अंक छ। मंगलबारको खेलमा विजयी भए उसले नेपाल आर्मीसँग अंक बराबरी गर्नेछ। त्यस्तै तालिकाको सातौँ स्थानमा रहेको एपीएफको भने १७ अंक छ। उसले आजको खेल जिते २० अंकसहित पाँचौँ स्थानमा हुनेछ। 

    त्यस्तै आजै हुने अर्को खेलमा च्यासल युवा क्लब र सरस्वती क्लब आमनेसामने हुने छन्।  १५ अंकसहित तालिकाको आठौँ स्थानमा छ।  च्यासल भने अंकतालिकाको १० औँ स्थानमा छ। 

    लिग चरणमा बुधबार भने उपाधि विजेता मनाङ र हिमालयन शेर्पा क्लब आमनेसामने हुने छन् भने दोस्रो स्थानको दौडमा रहेका थ्रीस्टार र संकटा भिड्नेछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]