समाज : सुरक्षा/अपराध

दिलबहादुर हत्यामा संलग्न एकै घरका तीनजना पक्राउ

पुस १७, २०७५

    पोखरा : कास्की प्रहरीले पर्वत देउपुरका दिलबहादुर सार्की (७३) को हत्यामा संलग्नलाई पक्राउ गरि सार्वजनिक गरेको छ।

    हत्यापछि मानसिक सन्तुलन समेत ठिक नभएका दिलबहादुरको पुस ९ गते पहिचान हुन नसक्ने अबस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित मोदीखोलामा फालिएको थियो। अघिल्लो सातामात्रै उक्त शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए। हत्यामा संलग्न रहेको आशंकामा निमबहादुर सार्की, उनका भाइ लालसिंह र निमबहाुरका छोरा बुद्धिमानलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका तिनै जनाले रक्सी खुवाएर कुटपिट गरि दिलबहादुरको हत्या गरी मोदीको पुलबाट खसालेको प्रहरीको अनुसन्धानमा बयान दिएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए। 

    ‘रक्सी खुवाएछन्, त्यत्तिकै विवाद भएछ,’ रानाले भने, ‘विवादपछि बुद्धिबहादुरले सुरुमा कुटेछ पछि सबै मिलेर कुटेछन् र मारेछन्। कसैले थाहा नपाओस भनेर उनीहरुले शवलाई पुलबाट नदिमा खसालेका रहेछन्।’ गाउँलेले खोलामा शव देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीले अन्नपूर्ण गाउँपालिकामा गरेको हरेक अनुसन्धानको काममा हत्यामा संलग्न बुद्धिबहादुरले सहयोग पनि गरेका थिए।

    उनै बुद्धिबहादुरले दिलबहादुरलाई पुलबाट खसाल्नेबेला पुलको रेलिङमा लागेको रगत माटोले पुछेको प्रहरी बयानमा बताएका छन्।  
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]