समाज

सेनाले बनाएको पुल तोडफोड

पुस १७, २०७५

    बागलुङ :  नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौंवा खोलाको पुल तोडफोड भएको छ। 

    जैमिनी नगरपालिका–७ जैदी स्थित यो खोलाको पुल सोमबार राति अज्ञात समूहले फोडेको स्थानीयले बताए। गत असारमा सेनाले निर्माण सकेर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेका थिए। क्षेत्रीको नामसहितको विवरण राखिएको शीलालेख र केही संरचना फुटालिएको भेटिएको जैमिनी नगरपालिकाका उपप्रमुख लिला रानाले बताए। 

    तोडफोड गर्ने समूहको खोजी भैरहेको प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए। कोरिडोर सेनाले निर्माण गरिरहेको छ। बिना कारण भौतिक संरचनामा तोड फोड भएको भन्दै उप प्रमुख लिला रानाले दोषीको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने बताP। ‘हामिले प्रहरीलाई खवर गरेका छौं’ रानाले भने ‘तत्काल दोसि पत्ता लगाएर कारवाही गरीनु पर्छ’ शिलालेख र त्यसको आसपारमा सिमेन्टले बनाइको पुलको केहिभाग फुटेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]