काठमाडौं : डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महान...
काठमाडौं : भूकम्पको समयमा खोज तथा उद्दारका लागि दोलखाको सुनखानी क्षेत्रमा अमेरिकी हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएका नेपाली सैनिकका परिवारलाई आर्थिक सहयोग गरिएको छ।
अमेरिकाको सिकागोमा बसोबास गर्ने नेपाली समुदायहरुले संकलन गरेको रकम सोमबार द विङम्यान फाउण्डेसनका प्रतिनिधिले प्रधान सेनापति राजेन्द्र क्षत्रीलाई हस्तान्तरण गरेका छन्।
सिकागोमा रहेका नेपाली समुदाय र अमृत कडेंलको पहलमा विङम्यान फाउण्डेसनले संकलन गरेको १ लाख ६३ हजार ५ सय रुपैयाँमध्ये मृत्यु हुने दुई सैनिकका परिवारलाई ८१ हजार ७ सय ८० रुपैयाँका दरले हस्तान्तरण गर्ने नेपाली सेनाले जनाएको छ।
दुर्घटनामा परी नेपाली सेनाका तत्कालीन सह सेनानी तपेन्द्रबहादुर रावल र जमदार बसन्तबहादुर तितराको मृत्यु भएको थियो। दोलखामा भूकम्प पीडितको खोजी तथा उद्दारका लागि गएको अमेरिकी हेलिकप्टर २०७२ बैशाख २९ गते दुर्घटना भएको थियो।
त्यसै कार्यक्रममा प्रधान सेनापति क्षत्रीले सहयोगको लागि आभार व्यक्त गर्दै रकम सम्बन्धितको परिवार समक्ष पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।