त्रिशूली : नुवाकोटको प्रशिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ। जीवित भगवानको रुपमा धामी एवं भैरवीदेवी मन्दि...
कालीकोट : समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको ‘कारागारलाई किताब’ अभियान कालीकोटमा सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटको अगुवाइमा अभियान सुरु गरिएको हो।
कारागारलाई सुधार गृहका रुपमा विकास गर्न पुस्तकालय अभियान सुरु गरिएको कर्णाली प्रदेश प्रहरीले बताएको छ। प्रदेशका १० वटै जिल्ला समेट्ने गरी समग्र प्रदेशमा अभियान सञ्चालन भएको कालीकोटका जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद शर्माले बताए।
‘कर्णाली प्रदेशका सबै कारागारमा पुस्तकालय राख्ने योजना कर्णाली प्रदेश प्रहरीको छ,’ उनले भने, ‘त्यसै अभियानअन्तर्गत जिल्लामा गठन भएको उप–समितिले आफ्नो कार्यविधि नै बनाएर काम अघि बढाएको छ।’ अभियानअन्तर्गत शुक्रबारसम्म ३०० वटा किताब संकलन भइसकेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।