समाज

फोनले काम नगर्ने  गाउँ-गाउँमा इन्टरनेट

माघ ५, २०७५

    जाजरकोट : फोनको पहुँच नभएको जाजरकोटका गाउँ-गाउँमा इन्टरनेटको पहुँच विस्तार भएको छ। वल्डलिङ्क इन्टरनेटले जिल्लाका सबै माध्यमिक विद्यालय, स्वास्थ्य चौकी र स्थानीय तहमा सेवा बिस्तार गरेको हो।

    नेपाल दुरसञ्चार  प्राविधिकरणको सहकार्यमा जाजरकोट , रुकुम र डोल्पाका सवै स्थानीय तहमा अहिले वल्डलिङक इन्टरनेट सेवा जोड्ने काम जारी रहेको प्राविधिक रुपेश बुढाथोकीले बताउनुभयो। जाजरकोटका ग्रामीण क्षेत्रमा फोनले काम नगर्ने ठाउँमा इन्टरनेट सञ्चालन गरी हात, हातमा मोबाइल मार्फत नेट चलाउन पाउँदा स्थानीयबासीहरु खुसी भएका छन्। विद्यालयमा इन्टरनेट पाएपछि यहाँका मावि तहहरु प्राविधिको प्रयोग गरी विद्यार्थीलाइ शिक्षण गर्न सजिलो हुने गरेको पञ्चभयार मावि नलगाड–८ का शिक्षक बीरबहादुर खत्रीले जानकारी दिए।

    सवै स्वास्थ्य चौकीमा इन्टरनेट जोडिएपछि काम गर्न सजिलो भएको स्वास्थ्यकर्मीको भनाइ छ। दुइ वर्ष सम्म निशुल्क उपल्ध गराएको यो इन्टरनेटको गती २ एमवि पिएस रहेको छ। जिल्लाको बारेकोट गाउँपालिकाको अधिकांश ठाउँमा फोनले काम नगरेपनि इन्टरनेटमार्फत काम भइरहेको छ। नलगाड नगरपालिकामा केही भागमा फोनले काम नगरेपनि  इन्टरनेट जडानपछि काम गर्न सजिलो भएको छ।                                                   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]