समाज

फोहोर नगर्ने प्रतिवद्धतासहित १२ हजारकाे हस्ताक्षर

माघ ५, २०७५


    चितवन : सामाजिक अभियान वे ग्रुपले सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानमा फोहोर नगर्ने प्रतिवद्धतासहित १२ हजार जनाले हस्ताक्षर गरेका छन्। पुस २५ गत्तेदेखि माघ ४ गत्तेसम्म आयोजित १२ औँ चितवन महोत्सवमा स्टल राखेर हस्ताक्षर संकलन गरिएको हो। 

    विगत साढे २ वर्षदेखि चितवनको विभिन्न स्थानमा सरसफाई अभियान सञ्चालन गर्दै आएको सामाजिक अभियान वे ग्रुपले धरै मानिसमा सरसफाईसम्बन्धी जानकारी पुर्‍याउने उद्देश्यका साथ महोत्सवमा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो। अभियान्ता भोजनारायण कँडेलले संकलित हस्ताक्षर भरतपुर महानगरपालिमा बुझाउने बताए। 

    अभियानले आम नागरिकमा सरसफाईबारे जनचेतना पुग्ने र संकलित हस्ताक्षर बुझाउँदा महानगरको थप ध्यानाकर्षण हुने अभियान्ताको बुझाई छ। यस ग्रुपले जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था र टोल सुधार समितिसँग मिलेर बजार क्षेत्र तथा नदी किनारमा रहेका फोहोर नियमित रुपमा सरसफाई गर्दै आएको छ। 


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]