काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। म...
बैतडी : महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि बैतडीको दशरथचन्द नगरपालिकाका सबै वडामा निगरानी समूह गठन गरेको छ। नगरपालिकाभित्र रहेका ११ वटै वडामा निरानी समूह गठन कार्य सम्पन्न भएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले जानकारी दिइन्। वडामा महिलाहरुको भेला गराएर निगरानी समूह गठन गर्ने गरिएको हो।
गाउँमा विभिन्न कारणले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय समुदायलाई नै जागरुक गराउने उद्देश्यले निगरानी समूहको अवधारणा अघि ल्याइएको नगर उपप्रमुख चन्दको भनाई रहेको छ। गाउँमा अवैध रुपमा हुने मदिराको कारोबारले समेत महिलामाथि हुने हिंसाले प्रश्रय पाइरहेकाले मदिराको कारोबारमा समेत नियमन गरिने भएको छ।
निगरानी समूहमा आवद्ध महिलाहरुलाई महिला हिंसाका बारेमा जानकारी गराइ हिंसा न्यूनीकरणका सवालमा उनीहरुलाई जागरुक गराउने उपप्रमुख चन्दले बताइन्। निगरानी समूहले वडाको महिला लक्षित बजेटलाई समेत प्रभावकारी रुपमा कार्यान्वयनका लागि भूमिका खेल्ने नगरपालिकाले जनाएको छ। वडास्तरमा गठन गरिएका निगरानी समूहले गाउँघरमा हुने विभिन्न हिंसाका बिषयमा जानकारी दिने नगरपालिकाले समस्या समाधानका लागी पहल गर्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।