दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान शहरमा सोमबार राति एउटा जहाज पुलसँग ठोक्किँदा चार जना बेपत्ता भएको शहरको आपत्कालीन व्यवस्थापन विभा...
अमेरिकाको सिकागो शहरका एक जना पूर्वप्रहरी अधिकृतलाई अश्वेत युवाको हत्या गरेको अभियोगमा ८१ महिना जेल सजायको फैसला सुनाइएको छ।
सन् २०१४ मा गोली प्रहार गरी ती व्यक्तिको हत्या गरेको अभियोगमा जेल सजाय सुनाइएको अधिकारीहरूले जनाएका छन्।
श्वेत प्रहरी अधिकृत जासन भान डिकेले १७ वर्षका अश्वेत लाक्वान म्याकडोनाल्डलाई १६ पटक गोली हानेर हत्या गरेको अभियोग लगाइएको थियो। घटना भएको सिकागो शहर अमेरिकाको तेस्रो ठूलो सहर मानिन्छ।
म्याकडोनाल्डले सन् २०१४ को अक्टोबर २० तारिखको रातमा एउटा ट्रकमा तोडफोड गरेको उजुरु परेको थियो। त्यतिबेला भान डिके एक जना प्रहरी अधिकृतका रुपमा कार्यरत थिए।
एकदिन लामो सुनुवाइपछि न्यायधिशहरूले ती व्यक्तिलाई छ वर्ष नौ महिना लामो जेल सजायको फैसला सुनाएका हुन्। कारावासमा उनले आफ्नो व्यवहार सुधारेमा आधा मात्रै सजाय पनि हुन सक्ने फैसलामा उल्लेख गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।