अर्थ

रुकुममा मदिरा आयात गर्न रोक लगाउने निर्णय

माघ ५, २०७५

    रुकुम : जिल्ला समन्वय समिति रुकुम पश्चिमको नेतृत्वमा बसेको जिल्ला स्तरीय सरोकारवाला बैठकले रुकुम पश्चिममा मदिरा आयात गर्न रोक लगाएको छ। शनिबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको बैठकले आइतबारदेखि नै बाहिरबाट कुनै पनि प्रकारका मदिरा आयात गर्न नपाइने गरी रोक लगाउने निर्णय गरेको हो। 

    बैठकमा जिल्ला समन्वय समितिका पदाधिकारी सँगै जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, ६ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला कार्यालय प्रमुख लगायतको सहभागिता रहेको थियो। जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले जिल्ला समन्वय समिति मार्फत यसअघि नै यस विषयमा पटकपटक छलफल भएको र शनिबारको बैठकबाट औपचारिक निर्णय भएको बताए। उनका अनुसार आइतबारदेखि नै जिल्लामा बाहिरबाट मदिरा आयात गर्न पाइने छैन भने माघ १५ गते पछि मदिरा बिक्री वितरणमा नै कडाई गरिने छ।

    बाहिरी जिल्लाबाट रुकुममा गाडीमार्फत भित्र्याइने मदिरा प्रहरीले नियन्त्रणमा लिने छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले प्रहरीमा आउने अधिकांश घटनाहरू मदिरा सेवनका कारण हुने गरेको विवरण देखिएका कारण मदिरा बिक्री वितरण र सेवन रोख्नु नै रुकुमेलीको हित भएको बताए। 

    ‘सरदर महिनामा २/३ वटा हत्या तथा बलात्कारका घटनाहरू भइरहेका छन्। यी सवै घटनामा मदिराको पाटो जाडिएकै छ’ उनले भने, ‘रुकुम पश्चिममा मदिरा नियन्त्रण भए यहाँको शान्ति सुरक्षा कायम हुन ठूलो भूमिका खेल्छ। त्यसैले होला सबैको पहलमा आज यो निर्णय भयो।’ रुकुम पश्चिम सदरमुकाम मुसिकाटसँगै सबै स्थानीय तहहरुमा ठूलो मात्रामा मदिराको बिक्री वितरण र सेवन हुँदै आएको छ।

    रुकुमको आठबिसकोट नगरपालिकाको पहलमा नै मदिरा उद्योग संचालनमा छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]