समाज

स्मार्ट सिटी बन्दै अमरगढी नगरपालिका

माघ ५, २०७५

    डडेल्धुरा : अमरगढी नगरपालिकालाई स्मार्ट सिटी बनाउने प्रक्रियालाई तीव्रता दिन परिकल्पना तथा योजना निमार्ण सुरु गरिएको छ। जस अन्तर्गत शनिबार अमरगढी नगरपालिकाभित्रका सरोकारवालाहरुसंगको २ दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ।

    सुदूरपश्चिम प्रदेशको मध्यविन्दु डडेल्धुुरामा रहेको अमरगढी नगरपालिकालाई स्मार्ट सिटी रुपमा विकास गर्न योजना निर्माण तथा प्रमुख समस्या पहिचान गर्न थालिएको छ। स्मार्ट बन्नका लागि आवश्यक सूचाकहरुलगायतका बारेमा छलफल गरिएको छ।

    नेपाल सरकारको १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार डडेल्धुराको अमरगढी नगरपालिका पनि पर्न सफल भएको थियो। शहरी विकास मन्त्रालयले १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्न ‘ग्रिड कन्सल्टेण्ट’सँग सम्झौता भई काम अगाडि बढी रहेको अमरगढी नगरपलिकाले जनाएको छ।

    स्मार्ट सिटी निर्माण गर्ने योजना १० शहरमध्ये अहिले स्याङ्जाको वालिङ, दैलेखको दुल्लु र डडेल्धुराको अमरगढीको अध्ययनमा सेटेलाइट वेशका काम अन्तिम चरणमा बताएको छ। 

    यस्तै भू-उपयोग नक्सा, वडागत भेटघाट सम्पन्न भएका छन् । स्मार्ट सिटीभित्र स्मार्ट जनता, स्मार्ट भौतिक पूर्वाधार, स्मार्ट शासन व्यवस्था र स्मार्ट अर्थ व्यवस्था रहने भएकाले सो स्तरमा अमरगढीलाई र्पुयाउन योजना निर्माण गरिरहेको ‘ग्रिड कन्सल्टेण्ट’ प्रमुख तथा स्मार्ट सिटीका योजनाकार निरज तिमल्सेनाले बताए।

    नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले स्थानीय तहको निर्वाचनका बेला स्मार्ट सिटीको मुद्दा उठाएको अहिले कार्यान्वयनमा अगाडि बढ्दा जनतासँग गरेका वाचा पूरा हुनेमा विश्वास व्यक्त गरेका छन्।

    स्मार्ट सिटी नगर प्रमुख एक्लैले मात्र बनाउन नसक्ने भएकाले यस कार्यमा सम्पूर्ण नगरबासी तथा सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरे सफल हुने बताए। डडेल्धुराका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमध्येका उग्रतारा मन्दिर, घटालथान, अमरगढी किल्ला, रावलतोली गुफा अमरगढी नगरपालिकाभित्र नै पर्दछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]