काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न खेलमा च...
पर्सा : नेपाल आर्मीको विभागीय टिम त्रिभुवन आर्मीले वीरगन्जमा जारी विशाल मेमोरियल गोल्डकप प्रतियोगिताको उपाधि चुमेको छ। पहिलो वर्षको विजेता नेपाल आर्मीको त्रिभुवन आर्मी क्लवले काठमाडाैंस्थित हिमालयन शेर्पा क्लवलाई एक गोलको अन्तरले पछि पार्दै उपाधि चुमेको हो। निर्धारित समयभरि एक एकाको बराबरी भएपछि अन्तिममा ट्राइब्रेकरका आधारमा ५ का विरुद्ध ६ गोल गरी उपाधि पक्का गरेको हो।
विजेता भएसँगै आर्मी टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी पाएको छ। उपविजेता हिमालयन शेर्पा क्लवले भने २ लाख ७७ हजार ७७७ नगद र ट्रफीमा चित्त बुझाउनु पर्यो। वीरगन्जको नारायणी रंगशालामा कडा प्रतिष्पर्धा गरेका आर्मी र शेर्पाले अन्तिम समयमा आएर मात्र हार जितको फैसला गरेका हुन्।
हिमालयन शेर्पाका जर्सी नम्बर १० का विश्वास श्रेष्ठले पहिलो हाफको १९ औं मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाए दोस्रो हाफको उत्तराद्र्धतिर आएर भने आफ्नो अग्रतालाई कायम राख्न सकेन।
दोस्रो हाफको उत्तराद्र्धमा आर्मीको १४ नम्बर जर्सीका सन्तोष तामाङ्गले डिबक्स एरिया बाहिरबाट हानेको प्रहार शेर्पाका गोलकिपरलाई पार गरी जाली चुमेपछि निर्धारित समयमा खेल बराबर भयो। यो बराबरले आर्मीलाई अर्को भिडन्त तर्फ पुर्यायो। निर्धारित समयमा दुवै टिमकाबीच खेल बराबर भएपछि ट्राइव्रेकरबाट छिनोफानो गर्नु पर्यो।
ट्राइब्रेकरमा शेर्पाका गोलकिपरले आर्मीका ३२ नम्बर जर्सीका खेलाडीले हानेको बल रोके पनि आर्मीका गोलकिपर बिकेश कुथुले पनि शेर्पाका जर्सी नम्बर २१ का खेलाडीको गोल रोके पछि ५–५ जनाले खेलाडीले गोल हान्दा ४–४ गोल भई फेरि पनि ठोस नतिजा आएन। अझै थप दुई दुई जनाले पूनः प्यानल्टी हानेपछि भने कुल सात जनाले हानेको प्यानल्टी सुटमा बल्ल छिनोफानो भयो। शेर्पाका खेलाडी जर्सी नम्बर १९, २०, १०, ४ र १३ का खेलाडीले हानेको गोलले जाली चुम्यो भने नेपाल आर्मीका भने जर्सी नम्बर २१ का भरत खवास, जर्सी नम्बर १४ का सन्तोष तामाङ लगायत जर्सी नम्बर १६, ३, २२ र जर्सी नम्बर १ का गोलकिपरले हानेको गोलले पनि जाली चुम्यो।
दोस्रो विशाल मेमोरियल गोल्डकपको शनिबार भएको फाइनल खेलमा शेर्पाका जर्सी नम्बर १० का विश्वास श्रेष्ठ वेष्ट स्ट्राइकर र बेष्ट अफ द सिरिज भए। उनले नगद १५ हजार र सुजुकी कम्पनीको जिक्सर मोटरसाइल जितेका छन्। बेष्ट मिड फिल्डर खेलाडी भने आर्मी क्लवका जर्सी नम्बर १४ का सन्तोष तामाङ घोषित भए। उनले पनि नगद १५ हजार हात पारे।
शनिबारको फाइनल खेलका म्यान अफ दि म्याच शेर्पाका टिम क्याप्टेन मानबहादुर तामाङ भएका छन्। उनले नगद ५ हजार १०० र ट्रफी हात पारेका छन्। खेल सकिन १५ मिनेट बाँकी छँदा शेर्पाका जर्सी नम्बर १५ का खेलाडीले रातो कार्ड पाएपछि १० जनामा सीमित शेर्पा क्लवले त्यस पछि भने कुनै गोल हुन दिएन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।